सुत्केरीलाई पोषिलो खानेकुरा

सुत्केरीलाई पोषिलो खानेकुरा
सुन्नुहोस्

उदयपुर: आर्थिक अवस्था कमजोर भएका उदयपुरको त्रियुगा नगरपालिका-१२ का सुत्केरीलाई पौष्टिकजन्य आहारको व्यवस्था गरिएको छ। 

वडा भित्रका दलित, गरिब, असहाय, विपन्न परिवारलाई लक्षित गरी वडा कार्यालयले वार्षिक कार्यक्रम अनुसार पोषिलो खानेकुराका व्यवस्था गरेको हो। केहीदिन अघि सुरु गरेको उक्त अभियानमा हालसम्म ७० जना सुत्केरीलाई वितरण गरिएको वडाध्यक्ष अनिता थापाले बताइन्।

उनका अनुसार सुत्केरी महिलालाई घिउ, ज्वानो, चना, मटर र मुसुरीको दाल लगायतका पौष्टिक खानेकुरा वितरण गरिएको हो। पोषिलो खाना र सरसफाइमा सुत्केरी तथा घर परिवारका महिलाहरूको ध्यान पुगोस् भनेर पौष्टिक आहार वितरण गरिएको अध्यक्ष थापाले बताइन्। 

वडा सचिव निरु कार्कीले सुत्केरी महिलालाई प्रोत्साहन र सम्मान स्वरूप थोरै भएपनि पौष्टिक आहार वितरण गरिएको बताइन्। उनले भनिन्, 'सुत्केरी अवस्थामा महिलाको स्वास्थ्य अवस्था कमजोर हुन्छ त्यसैले वडावासी सुत्केरीलाई स्वस्थ राख्नु वडाको दायित्व भएकाले सानो सहयोग गरेका हौ।'

वडा कार्यालयले विनियोजन गरेको सुत्केरीलाई पोषण कार्यक्रमअन्तर्गत एक लाख बजेटबाट पोषिलो खानेकुरा वितरण गरिएको सचिव कार्कीले बताइन्। सुत्केरी अवस्थामा साविकभन्दा बढी पोषिलो खानामा ध्यान दिनुपर्ने भएकाले पहिलो पटक थोरै भएपनि बजेट व्यवस्था गरी सुरुवात गरिएको उनले बताइन्। 

गर्भावस्थादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई सुनौला हजार दिन भन्ने गरेको छ। यो अवस्थामा महिलाको स्वास्थ्य कमजोर हुने हुँदा अन्य समयभन्दा बढी मात्रामा पोषिलो खानेकुरा खानुपर्ने चिकित्सकहरूको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.