कजाकस्तानको जङ्गलमा डढेलो, १४ जनाको मृत्यु

कजाकस्तानको जङ्गलमा डढेलो, १४ जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पुर्‍याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

अस्ताना : उत्तरपूर्वी कजाकस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शनिबार अपराह्न मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कुल १४ जनाको शव फेला परेको छ । डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जमिन जलेपछि फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भइरहेको छ ।'

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पुर्‍याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गरेका छन्।

डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्, जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन् ।

विशाल पूर्व सोभियत राष्ट्रका स्थानीय अधिकारीहरूका अनुसार बिहीबार चट्याङ लागेर आगलागी सुरु भएको थियो।

घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तोकायेभलाई एक सन्देश लेख्दै समवेदना प्रकट गरेका छन् भने अन्य मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.