टर्कीमा विष्फोटक पदार्थको कारखानामा विस्फोट,  ५ जनाको मृत्यु

टर्कीमा विष्फोटक पदार्थको कारखानामा विस्फोट,  ५ जनाको मृत्यु
सुन्नुहोस्

 

अंकारा : टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको भीषण विष्फोटमा परी ५ कामदारको मृत्यु भएको छ । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा शनिबार बिहान दुर्घटना भएको हो ।

टर्कीको सरकारी टेलिभिजनले विष्फोटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेका जनाएको छ । घटनामा धेरै मानिस घाइते भएका छन् । अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विष्फोट सुरु भएको हो । क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी नफसेका बताए। 

सरकारी सञ्चारमाध्यमका अनुसार घाइते कर्मचारीलाई स्थानीय अस्पतालमा लगिएको छ भने घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।  रासायनिक प्रयोगका कारण विस्फोट भएको हो।

उपरक्षा मन्त्री आल्पास्लान काभाक्लिओग्लुले विस्फोट हुनुअघिको फुटेज जाँच गरिरहेको बताएका छन्। उनले कारखानामा काम गरिरहेका मानिसहरु काम गरिरहेका बेला अचानक विस्फोट भएको बताए ।

रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक र प्रशासनिक छानबिन सुरु गरेको जनाएको छ । यसैबीच टर्कीका भर्खरै निर्वाचित राष्ट्रपति रेसेप तैयप अर्दोआनलाई पनि घटनाको जानकारी दिइएको छ ।

बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.