बाथरूममा गोप्य कागजात लुकाएर राखेको आरोपको ट्रम्पले गरे खण्डन

बाथरूममा गोप्य कागजात लुकाएर राखेको आरोपको ट्रम्पले गरे खण्डन
फाइल तस्बिर।
सुन्नुहोस्

  

वासिङटन डिसी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बाथरूम र बलरूममा गोप्य कागजातहरू राखेको आरोपमा जवाफ दिएका छन्।

शनिबार चुनावी प्रचारका क्रममा दुई सभालाई सम्बोधन गर्दै उनले एफबिआइ र न्याय विभागलाई भ्रष्टको संज्ञा दिँदै चुनावमा हस्तक्षेप गर्न यस्तो कार्य भइरहेको बताए ।

जर्जियामा भएको पहिलो रिपब्लिकन कन्भेन्सनमा बोल्दै ट्रम्पले भने, 'उनीहरुले छल गरिरहेका छन्। तिनीहरू दुष्ट र भ्रष्ट मानिसहरू हुन्। यी अपराधीहरूलाई पुरस्कृत गर्न सकिँदैन, तिनीहरूलाई पराजित गर्नुपर्छ।'
 
ट्रम्पलाई गोप्य कागजातहरू गलत प्रयोग गरेको आरोप लगाइएको छ, जसमध्ये केही आणविक हतियार र सैन्य योजनाहरूसँग सम्बन्धित रहेको बताइएको छ।

उनीमाथि पटकपटक गोप्य कागजातहरू सर्वसाधरणलाई देखाउने र एजेन्सीहरूलाई अनुसन्धान गर्न आएका बेला लुकाउने गरेको आरोप पनि छ।

ट्रम्पले यसअघि नै सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरिसकेका छन्। यसका लागि उनले चुनावी सभाहरूलाई सम्बोधन गरिरहेका छन्। उनले भने, 'म कहिल्यै झुक्ने छैन, म कहिल्यै डराउने छैन।'

अभियोगमा बोल्दै ट्रम्पले अति संवेदनशील कागजातहरू जासुसी ऐनको सट्टा राष्ट्रपतीय रेकर्ड ऐन अन्तर्गत आउनु पर्ने बताए। अमेरिकी राष्ट्रपतिको अभिलेख ऐन अन्तर्गत कार्यकाल पूरा भएपछि ह्वाइट हाउसका अभिलेखहरू राष्ट्रिय अभिलेखमा राखिन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.