भावी पुस्ताका लागि कला र संस्कृतिको रक्षा गर्नुपर्छ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका छन्।
आइतबार काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्दै अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिका बारेमा जानकारी पाउन सकेको भन्दै भावी पुस्तालाई पनि उचित शिक्षा दिन यसलाई निरन्तरता दिनुपर्ने बताए।
उनले जीवन्त गतिशील मानव समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने जिकिर गरे।