दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको छ। 

‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने मूल नाराका साथ आइतबार नगर पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो।

यो पालिका जिल्लाको अन्तिम पालिकाका रूपमा घोषणा भएको हो। अन्य आठवटा पालिका यसअघि नै घोषणा भइसकेका छन्।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सबै सूचक पार गरेर घोषणा भएको बताए। योसँगै सबै पालिका पूर्ण खोप घोषणा भइसकेका कारण अब छिट्टै नै जिल्लालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिने मलासीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.