मालपोत कार्यालय बाराका कर्मचारीसहित दुई जनाविरुद्ध भष्ट्राचार मुद्दा दायर

मालपोत कार्यालय बाराका कर्मचारीसहित दुई जनाविरुद्ध भष्ट्राचार मुद्दा दायर

सिमराः अख्तियार अनुसन्धान दुरुपयोग आयोगले जिल्ला मालपोत कार्यालय बाराका एक कर्मचारीसहित दुई जना विरुद्ध विशेष अदालत काठमाडौंमा भष्ट्राचार मुद्दा दायर गरेको छ। 

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका खरिदार रामविश्वास साह र कलैया उपमहानगरपालिका २५ का गौरीशंकर कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो। 

उनीहरूमाथि जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको आरोप छ। खरिदार साहले सेवाग्राहीसँग घुस लिन कुशवाहालाई प्रयोग गरेको र कुशवाहाले सेवाग्राहीसँग घुस लिएका थिए। 

अख्तियारको टोलीले कुशवाहालाई १५ हजार नगदसहित नियन्त्रणमा लिएको थियो। कुशवाहालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा साहको समेत संलग्नता रहेको पुष्टि भएपछि दुबै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

साहलाई मुख्य कसुरदार ठहर गर्दै भष्ट्राचार निवारण ऐन २०५९, को दफा (३) को उपदफा १ को (क) र कुशवाहालाई मतियारका रुपमा प्रस्तुत गर्दै भष्ट्राचार निवारण ऐन २०५९, को दफा (३) को उपदफा १ बमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.