साउथ एसियन चेस च्याम्पियनसिप आजबाट

साउथ एसियन चेस च्याम्पियनसिप आजबाट
सुन्नुहोस्

नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीको सहभागिता रहने दोस्रो साउथ एसियन च्याम्पियनसिपमा खुला तथा महिला गरी दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

काठमाडौं : नेपाल बुद्धिचाल (चेस) संघको आयोजनामा मंगलबार (आज) देखि असार ४ गतेसम्म साउथ एसियन चेस च्याम्पियनसिप (एससीसी) आयोजना हुँदैछ।

नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीको सहभागिता रहने दोस्रो साउथ एसियन च्याम्पियनसिपमा खुला तथा महिला गरी दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

दुवै विधातर्फ प्रत्येक देशबाट समान एक जना, गत संस्करणका च्याम्पियन तथा आयोजकको हैसियतमा नेपालबाट थप एक÷एक गरी समान १० खेलाडीको सहभागिता रहनेछ। राउन्ड रोविन पद्धतिमा सम्पन्न हुने च्याम्पियनसिपको खुलातर्फ भारतीय इन्टरनेसनल मास्टर नुवइरशाह सेख तथा महिलातर्फ बंगलादेशकी वुमन इन्टरनेसनल मास्टर सुल्तान सरमीन सिरिन साविक विजेता हुन्।

प्रतियोगिता ललितपुरको गोदावरीस्थित होटल भ्यू–भृकुटीमा हुनेछ। नेपालबाट खुला स्पर्धामा वर्तमान राष्ट्रियच्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र उपविजेता सुरवीर लामा तथा महिलातर्फ नेसनल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी तथा उपविजेता सुशीला गुरुङले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको ‘ड्र’ हुने बेलासम्म कुनै देशका खेलाडी सहभागी नभएको अवस्थामा सो स्थानमा साउथ एसियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा आयोजक राष्ट्रले खेलाडी सहभागी गराउनेछ। ४० लाख खर्च हुने अनुमान गरिएको च्याम्पियनसिपको कुल नगद पुरस्कार राशि ५ लाख छ। खुलातर्फको विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले एक लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

यसैगरी महिलातर्फ विजेताले एक लाख, दोस्रो हुनेले ६० हजार तथा तेस्रो हुनेले ४० हजार नगद रुपैयाँ प्राप्त गर्ने छन्।

च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीको सहभागिता रहनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.