अमेरिका पुनः युनेस्कोमा सामेल हुने

अमेरिका पुनः युनेस्कोमा सामेल हुने
सुन्नुहोस्

सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए। यसको बहिर्गमन सन् २०१८ मा लागू भएको थियो ।

वासिङटन डिसी : संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा गरेको छ ।

'यो युनेस्को र बहुपक्षीयताप्रतिको विश्वासको बलियो कार्य हो,' युनेस्कोका महानिर्देशक अड्रे अजोलेले पेरिसमा सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधिलाई वासिङ्टनको पुनः सामेल हुने निर्णयबारे जानकारी दिँदै भने।

युनेस्कोको संस्थापक सदस्य संयुक्त राज्य अमेरिकाले यस निकायले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार नगर्दासम्म अर्थात् सन् २०११ सम्म युनेस्कोको बजेटमा प्रमुख योगदान गरेको थियो । तर प्यालेस्टाइनलाई सदस्य राष्ट्रका रूपमा स्वीकार गरेपछि अमेरिकाको उक्त निकायसँगको विवाद शुरू भएको थियो । 

सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए। यसको बहिर्गमन सन् २०१८ मा लागू भएको थियो ।

सन् २०१७ देखि युनेस्कोको नेतृत्व गर्दै आएकी फ्रान्सकी पूर्व संस्कृतिमन्त्री अजोलेले अमेरिकालाई फिर्ता ल्याउनु आफ्नो म्यान्डेटको प्राथमिकतामा राखेकी थिइन्। 

सन् २०११ मा युनेस्कोको योगदान स्थगन हुनुअघिसम्म अमेरिकाले युनेस्कोको कुल बजेटको करिब २२ प्रतिशत अर्थात् सात करोड ५० लाख अमेरिकी डलर तिर्दै आएको थियो ।

तर तत्कालीन राष्ट्रपति जो बाइडनको डेमोक्र्याटिक पार्टीको पूर्ण नियन्त्रण रहेको अमेरिकी कंग्रेसले डिसेम्बरमा संयुक्त राज्य अमेरिकालाई १५करोड अमेरिकी डलर बजेटमा छुट्याएर आर्थिक सहायता पुनः स्थापना गर्न मार्ग प्रशस्त गरेको थियो ।

अमेरिका यसअघि पनि सन् १९८४ मा युनेस्कोबाट बाहिरिएको थियो र करिब २० वर्षपछि सन् २००३ को अक्टोबरमा युनेस्कोमा पुनः सामेल भएको थियो । 

सन् २०२३ मा पुनः सामेल हुने प्रस्तावित योजना अब अन्तिम स्वीकृतिका लागि युनेस्कोका सदस्य राष्ट्रहरूको महासभामा पेश गर्नुपर्नेछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.