राष्ट्रपति पौडेल गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज

राष्ट्रपति पौडेल गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका छन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार भर्ना भएका ७८ वर्षीय पौडेल बुधबार बिहान डिस्चार्ज भएका हुन्।

केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेलको नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनपश्चात आज बिहान ८ बजे डिस्चार्ज भएको जानकारी दिएका छन्। उनका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

राष्ट्रपति पौडेलमा दम तथा श्वास–प्रश्वासजन्य समस्या छ। श्वास–प्रश्वासमा असहज भएपछि नियमित स्वास्थ्य परीक्षण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति यसअघि स्वास्थ्यमा समस्या आए पछि वैशाख ६ गते भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भएका थिए। उपचारपश्चात वैशाख १७ गते स्वदेश फर्केका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.