जनप्रतिनिधि होऊन् हर्कजस्ता

जनप्रतिनिधि होऊन् हर्कजस्ता
सुन्नुहोस्

कुनै काम गर्न सरकारी बजेट नै नभएको गुनासो गर्ने जनप्रतिनिधिसामु मेयर साम्पाङ उदाहरणीय बनेका छन्। कुनै विकास निर्माणको लागि पैसा नै सबथोक हो भन्ने सोचलाई उनले परिवर्तन गरेका छन्।

चुनावका बेला उम्मेदवारहरूले अनेकथरी वाचा गर्छन्। विजयपश्चात् अधिकांश खोला तर्‍र्यो, लौरी बिस्र्यो झैं गर्छन्। विगतका प्रतिबद्धता चटक्कै भुल्छन्। जनप्रतिनिधि जीवनशैली फेरिन्छ। जनताको समस्या ज्यूँका त्युँ हुन्छ। उधारो चुनावी वाचाबाट जनता वाक्कदिक्क छन्। जनप्रतिनिधिका झुटा वाचाले मतदातामा जुन आए पनि उस्तै हो भन्ने निराशा पाइन्छ। जवाफदेही जनप्रतिनिधि नहुँदा जनतामा वितृष्णा बढ्दो छ।

एउटा भनाइ छ, के खोज्छन् नेता ? कुर्सी। कुर्सीमा बस्नेभन्दा काम बढी गर्ने जनप्रतिनिधिका रूपमा चिनिएका छन्, धरानका उपमहानगरका मेयर हर्क साम्पाङ। वाचाअनुसारको काम फत्ते गर्ने जनप्रतिनिधिका रूपमा उनी चर्चामा छन्। चुनावको बेला साम्पाङको एकसूत्रीय वाचा थियो, धराने जनतालाई निःशुल्क खानेपानी पिलाउने। त्यो वाचा उनले पूरा गर्न उनी आफंै अग्रसर भए। कस्सिँदै पाइप काँधमा हाले। ढुंगा बोके। जनसमर्थन पनि पाए। ९९ दिनको श्रमदानपछि कोकाह खोलाबाट पानी ल्याएर धरानवासीको प्यास मेटाउन सफल भए। यस क्रममा उनलाई केही राजनीतिक दलका नेता तथा कार्यकर्ताको आलोचना सहे। तर, लक्ष्य पूरा गर्न निरन्तर लागिपरे। अन्ततः ४० किलोमिटर टाढाको दूरी पानी ल्याएर गर्दै उनले आफ्नो कबोल गरेको वाचा पूरा गरे। अब प्रक्रिया पुर्‍याएर घरघरमा पानी वितरण हुनेछ।

कुनै काम गर्न सरकारी बजेट नै नभएको गुनासो गर्ने जनप्रतिनिधिसामु मेयर साम्पाङ उदाहरणीय बनेका छन्। कुनै विकास निर्माणको लागि पैसा नै सबथोक हो भन्ने सोचलाई उनले परिवर्तन गरेका छन्। श्रममा जोडिने र मनैदेखि काम गर्ने हो भने जनसहयोग जुट्ने उदाहरण साम्पाङले दिएका छन्। उनको यो अभियानबाट के प्रस्ट भएको छ भने, हाम्रो काम गर्ने जनप्रतिनिधिको शैली, सरकारी प्रक्रिया र परिवर्तन हुन जरुरी छ। निर्वाचित भएको एक वर्षमा नै मेयर साम्पाङले पानी ल्याएरै छाडे। यद्यपि यो पर्याप्त भने छैन। अझै धरानमा खानेपानीको सहज व्यवस्थाको लागि साम्पाङले धेरै काम गर्न बाँकी नै छ।

एकवर्षे कार्यकाल पूरा गरेका अधिकांश जनप्रतिनिधिले गरिरहेको कामबारे मतदातालाई अत्तोपत्तो छैन। चुनावका बेला बाँडिएका आश्वासन पूरा नगरेको मतदाताको गुनासो छ। जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, नातावाद र अन्य झमेलामा फसेका छन्। मेयर साम्पाङले भने मतदातासँगको वाचा स्मरण गरिरहे। आफ्नो लक्ष्यमा प्रस्ट र अविचलित रहे। त्यसैले धरानवासीको मात्र होइन, देश विदेशबाट पनि नेपालीहरूले उनलाई हौस्याए। श्रम अभियानमा साथ दिए।

तीन तहका सरकारबीचको तालमेल नमिलेको गुनासो गर्ने जनप्रतिनिधिहरू धेरै छन्। आम नागरिकको साथ लिएर जुट्ने हो भने सहयोगी हातहरू आफैं जुट्न थाल्नेछन्। जनताको योजना लिएर अघि बढ्ने हो भने आर्थिककै कारण पछि हट्नु पर्दैन भन्ने सन्देश साम्पाङको श्रम अभियानले दिएको छ। हाम्रा अन्य जनप्रतिनिधिहरूले साम्पाङबाट सिक्न जरुरी छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.