भरतपुरको प्राथमिकता ‘हरियाली महानगर’

भरतपुरको प्राथमिकता ‘हरियाली महानगर’
सुन्नुहोस्

चितवन : भरतपुरको महानगरपालिकाले यसपटक करिब सात अर्बको बजेटको तयारी गरेको छ। गतवर्ष पाँच अर्बको बजेट ल्याएको भरतपुरले यसपटक ६ सय ८० करोडको बजेट ल्याउने तयारी गरेको छ। आउँदो आर्थिक वर्षका लागि भरतपुरले एक दर्जन गौरवका आयोजनासहित ६ वटा उपसमिति बनाए निति तथा कार्यक्रमको तयारी गरेको छ। आन्तरिक तथा राष्ट्रिय विज्ञ राखिएको छ। 

महानगरबासीको आवश्यकता र प्राथमिकताका आधारमा यसपटक भरतपुरले आगामी आर्थिक वर्षको कार्यक्रम तय गर्दैछ। आन्तरिक राजश्व सुदृढिकरणका लागि यसपटक महानगरबासीसँग सुझाव मागेको छ। 

भरतपुरले आगामी बजेटमा महानगरको सौन्दर्यीकरणलाई प्राथमिकता दिएको छ। हरियाली भरतपुरको अवधारणाअनुसार महानगरलाई हरियाली बनाउने योजना अघि बढेको छ। मापदण्ड पुगेका सडकका छेउमा वृक्षरोपण गरेर हरियाली महानगर बनाउने तयारी छ। सुन्दर महानगरको परिकल्पनाअनुसार हरियाली बनाउन पाँच करोड बजेट बिनियोजन गरिँदैछ। हरियालीको माध्यमबाट महानगरको सौन्दर्यीकरणको काम हुँदैछ। भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालले भरतपुरको सौन्दर्यीकरणलाई प्राथमिकता दिएको बताइन्। ‘अघिल्लो वर्षहरूमा पूर्वाधारलाई जोड दियौं। यसपटक हरियाली सहरको परिकल्पनाअनुसार नीति तथा कार्यक्रममा जोड दिएका छौं,’ दाहालले भनिन्, ‘सडक बन्यो, अब तीनै सडकलाई सजाएर आकर्षक र सौन्दर्यीकरण बढाउन लागेका छौं। ’ 

अघिल्लो आर्थिक वर्षमा पूर्वाधारलाई प्राथमिकतामा राखिएको थियो। यसपटक मर्मत संभारको काम गरिँदैछ। ल्याण्डफिल्ड साइटको ब्यवस्थापन पनि महानगरको प्राथमिकताको आयोजना हो। कोरियाली निकायले काम नगरेपछि फोहोरमैला ब्यवस्थापनको काम महानगरपालिकाले आफैं गर्दैछ। त्यसका लागि डीपीआरको काम भइरहेको छ।  

बजेटलाई उत्पादन, रोजगारी, स्वास्थ्य, शिक्षामा केन्द्रीत गरिएको छ। कृषि र पशु बिमाको कार्यक्रम भरतपुरले सुरु गर्दैछ। सामूहिक खेती प्रणालीको कार्यक्रम प्राथमिकतामा परेको छ। दुध उत्पादनमा दिइएको अनुदानलाई निरन्तरता दिँदै ब्यवस्थित गरिँदैछ। स्वास्थ्य कार्यक्रमअन्तर्गत घरैमा स्वास्थ्य परीक्षणको सुविधा दिने कार्यक्रम सुरु हुँदैछ। मोवाइल एप्सको निर्माण गरेर रिपोर्ट दिने ब्यवस्था गरिँदैछ। भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरबासीको चाहनालाई ख्याल गरेर तयारी गरेको बताए। ‘महानगरबासीकै चाहनालाई सम्बोधन गरेर कार्यक्रम तयार हुँदैछ,’ उनले भने, ‘यसपटक महानगरको फरक खालका कार्यक्रम आउँदैछन्।’

भरतपुर महानगरपालिकाले रोजगार बैंक स्थापना गर्ने भएको छ। बेरोजगारको सूचि तय गरेर आवश्यकता र दक्षताको आधारमा रोजगार दिने कार्यक्रम हो। त्यसका लागि वेबसाईट बनाइएको छ। त्यसमा आफ्नो सिपको जानकारीसहित बेवसाइटमा सूचि राखिनेछ। सिपको आधारमा विभिन्न तहले माग गरे अनुसार काम दिनेछन्। 

अघिल्लो वर्षका सातवटासहित एक दर्जन गौरवका आयोजना अघि बढ्दैछन्। ‘विभिन्न विषयगत विज्ञहरूसहितको टोलीले तयारी गरेको छ। यसपटक महानगरबासी कस्तो कार्यक्रम चाहन्छन् त्यसलाई समावेश गर्छौं,’ भरतपुर महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले भने, ‘हामीले केही कार्यक्रमलाई गौरवको आयोजनाका रुपमा अघि बढाउँदैछौं, यसपटक ६ सय ८० करोडको बजेट तयार हुँदैछ।’

रोजगारी प्रवद्र्धन पनि महानगरको प्राथमिकतामा परेको छ। आवश्यकताका आधारमा तालिम दिने भनिएको छ। सीप प्रमाणीकरण गरेर रोजगारको सिर्जना गरिँदैछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.