पहिरोले बेसीसहर-चामे सडक अबरुद्ध

पहिरोले बेसीसहर-चामे सडक अबरुद्ध
सुन्नुहोस्

बेसीसहर  : बुधबार दिउसोदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए।

मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो। खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयबासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इञ्जीनियर अधिकारीको भनाइ छ।

यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीय बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.