कोशी प्रदेशमा विद्युत आपूर्ति अवरुद्ध

कोशी प्रदेशमा विद्युत आपूर्ति अवरुद्ध
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : भीषण हावाहुरीका कारण कोसी प्रदेशका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध बनेको छ। बुधबार रातिको हुरीले ठाउँ ठाउँमा पोलहरु ढलेको र तारहरु चुँडिएकाले सेवा प्रभावित भएको विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय कोसी प्रदेशका प्रमुख उमेशकुमार झाले जानकारी दिए। 

उनका अनुसार प्रदेशका अधिकांश भागमा हावाहुरीले क्षति पुर्‍याएको छ। प्रमुख झाले हावाका कारण धेरै स्थानमा विद्युतको पोल ढलेर तथा प्रसारण लाइनका तार चुँडिएर र रुख ढलेर समस्या भएको बताए। सेवा सूचारु गर्नका लागि प्राधिकरणले बिहानैबाट मर्मत सम्भारको काम गरिरहेको उनको भनाइ छ।
हुरीबाट क्षति पुगेपछि ३३ केभीए प्रसारण लाइनमा समेत स्टोर हुन नसकेको बताउँदै प्रमुख झाले विराटनगरभित्र भने बिहीबार साँझसम्म विद्युत प्रसारण नियमित हुन सक्ने जानकारी दिए। उनले भने, ‘हावाहुरीले प्रदेशका अन्य जिल्लामा समेत क्षति पुर्‍याएको छ। सबै ठाउँमा प्रसारण नियमित गर्न समय लाग्न सक्छ। हामी द्रुत गतिमा काम गर्दै सेवा सूचारु गर्न लागिरहेका छौं। विराटनगरको हकमा केही स्थान छाडेर बेलुकासम्म सेवा चालु हुनेछ।’

त्यसैगरी, विराटनगर महानगरपालिकाभित्र भएको क्षतिको मेयर नागेश कोइरालाले स्थलगत अनुगमन गरेका छन्। उनका अनुसार हावाहुरीले जस्तापातासहितका अस्थायी संरचनामा क्षति पुगेको छ। धेरै स्थानमा रुख  ढलेर विद्युतको पोलमा असर गरेको छ।
कोइरालाले ढलेका रुख हटाउँदै पोल र तार मर्मत गरेर सेवा सूचारु गर्ने प्रयास भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.