वडाध्यक्षमाथि हेलमेट प्रहार, नाकको डाँडी भाँचियो

वडाध्यक्षमाथि हेलमेट प्रहार, नाकको डाँडी भाँचियो
सुन्नुहोस्

झापा : कचनकवलका गाउँपालिका-३ का वडा अध्यक्ष ग्यास अजमल मियालाई कुटपिट गरिएको छ। 

बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल गएका वडा अध्यक्ष मियामाथि बिहीबार बिहान अस्पताल गेटसँगै टाँसिएको मुख्य सडकमा कुटपिट भएको हो। 

वडा अध्यक्ष मियालाई मेचीनगर नगरपालिका-६ निवासी ३६ वर्षीय विजय पनेरुले हेलमेट प्रहार गरी कुटपिट गरेको बताइएको छ। 

वडा अध्यक्ष मिया श्रीमतीसहित आफ्नो कारभित्र बसिरहेको बेला पनेरुले अन्धाधुन्ध हेलमेट प्रहार गरेको थिए । प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको बेला सडकमा लडेका थिए। 

त्यही निहुँमा उनले कारभित्र रहेका वडा अध्यक्ष मियामाथि सांघतिक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। कुटपिटबाट वडा अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। 

घटनाभए लगतै कुटपिटमा संलग्न पनेरु मोटरसाइकल चढेर भाग्न खोज्दा स्थानीयको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ। यता पीडितले दोषीलाई कडा कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.