वृद्धवृद्धालाई नगरपालिकाको आर्थिक सहयोग

वृद्धवृद्धालाई नगरपालिकाको आर्थिक सहयोग
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्नका लागि नगद रकम प्रदान गरेर वृद्धवृद्धाको सम्मान गरेको छ। 

आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर ८४ वर्ष पुगेका वृद्धवृद्धाहरूलाई २५ हजार नगदसहित सम्मान गरिएको हो। 

चौरासी पूजा गर्नका लागि नगद रकम दिएर गरिएको सम्मानबाट दुरदराजका जेष्ठ नागरिक खुशी भएका छन्। ३ सय १९ जना ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताए।

नगरपालिकाभित्र रहेका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी ८० लाख रुपैयाँ बजेटबाट जेष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.