ब्राउन सुगरसहित २ जना पक्राउ
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–७ बाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित प्रहरीले बिहीबार साँझ २ जनालाई पक्राउ गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार कानेपोखरी–७ का ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई पक्राउ गरिएको हो।
को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई साँझ ५:३० बजेतिर पक्राउ गरिएको दाहालले बताए। पक्राउ पर्नेमध्ये कार्की मोटरसाइकल चालक हुन्।
डीएसपी दाहालका अनुसार शंका लागेपछि प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा साथबाट ७ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।
त्यस लत्तगै दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए।