मोरङको लेटाङमा सर्पले डसेर नाबालकको मृत्यु

मोरङको लेटाङमा सर्पले डसेर नाबालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको लेटाङ नगरपालिका–१ साक्फारामा सर्पले डसेर शुक्रबार राति नाबालकको मृत्यु भएको छ। 

सर्पले टोक्दा सुजन मगरका ५ वर्षीय छोरा समीत मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। ओछ्यानमा सुतिरहेका नाबालकलाई शुक्रबार बिहान ५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। 

प्रहरीका अनुसार नाबालक ओछ्यानमै चिच्याउन थालेपछि अभिभावकले हेर्दा हरियो रंगको सर्प देखेका थिए। तर, कुन प्रजातिको सर्प हो भन्ने यकिन भइसकेको छैन। त्यही सर्पले टोकेको हुनसक्ने अनुमान प्रहरीको छ। दाहिने हातको पातोमा नीलडाम रहेको अवस्थामा नाबालकलाई अभिभावकले उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। 

चिकित्सकले आईसीयूमा राखेर उपचार प्रक्रिया अघि बढाउन सुझाव दिएपनि अभिभावकले घर फर्काएर लगेको पाइएको डीएसपी दाहालको भनाइ छ। अवस्था गम्भीर बन्दै गएपछि नाबालकलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउना साथ राति १० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उपचारमा संलग्न चिकित्सकले नाबालकलाई सर्पले टोकेको जानकारी दिएका छन्। पोस्टमार्टमपछि शव अभिभावकलाई बुझाइएको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए। 

नाबालकको पारिवारिक आर्थिक अवस्था कमजोर छ। छोरालाई सर्पले टोकेपनि पैसा अभाव भएका कारण समयमा उपचार गराउन नसकिएको बुवा सुजनले बताए। ‘ओछ्यानमा सुतिरहेका बेला छोरालाई सर्पले टोक्यो। उपचारका लागि अस्पताल पुर्‍याइयो,’ उनले भने, ‘डाक्टरले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भनेपनि हामीसँग पैसा नभएकाले घर फर्काएर लगियो। स्वास्थ्यमा थप समस्या हुन थालेपछि पुनः अस्पताल लगिए पनि छोरालाई बचाउन सकिएन।’

पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण छोरालाई जीवितै फर्काउन नसकिएको गुनासो सुजनले गरे। भने, ‘पैसा भएको भए छोरालाई बचाउन सकिने थियो।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.