दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र सञ्चालनमा

दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र सञ्चालनमा
सुन्नुहोस्

धनगढी : नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले सुदूरपश्चिमको दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र खोलेको छ। 

दार्चुलाको शैल्यशिखर नगरपालिकासँगको सहकार्य तथा सेभा फाउण्डेशनको सहयोगमा दार्चुलाका शैल्यशिखर नगरपालिकामा आँखा उपचार केन्द्र खोलिएको हो।

शैल्यशिखर नगरपालिका, लेकम, मार्मा, नौगाड गाउँपालिका र बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाका आँखाका विरामीहरूलाई लक्षित गर्दै उनीहरूलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न उपचार केन्द्र सञ्चालन गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले जानकारी दिए।

उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरूको प्रयोग गरी आँखा परीक्षण, औषधोपचार चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत सञ्चालन गरिने गेटा आँखा अस्पतालले जनाएको छ।

उपचार केन्द्रको शैल्यशिखर नगरपालिका नगर प्रमुख विजय सिंह धामी र नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णु दत्त जोशीले गरेका थिए। कार्यक्रममा गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले आँखा रोगको वर्तमान अवस्था र आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाका विषयमा प्रकाश पारेका थिए।

सुदूरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्‍याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तर्गत यस प्रदेशका ९ वटै जिल्लामा २३ वटा शाखाहरूबाट नियमित उपचार सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.