दोलखामा तीन महिना नदी उत्खननमा रोक

दोलखामा तीन महिना नदी उत्खननमा रोक
सुन्नुहोस्

दोलखा : जिल्लामा तामाकोशी नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोलाजन्य वस्तु उत्खननमा रोक लगाएको छ। 

जिल्ला अनुगमन तथा समन्वय समिति दोलखाको  निर्णय अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदी उत्खननमा रोक लगाइएको हो। 

ढुङगा, बालुवा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पूर्ण रूपमा रोक लगाइएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानीले जानकारी दिए। उनका अनुसार तामाकोशी नदीमा अत्यधिक उत्खनन् भई संकटको अवस्था आइसकेका कारण यस्तो निर्णय गरिएको हो।

असोज पछि पनि वातावरणीय प्रभाव मूल्यांकनले उचित ठहर्‍याए मात्र उत्खनन खुला गरिने र अन्यथा बन्देज कायम राख्ने जिल्ला समन्वय समिति दोलखाले जनाएको छ।

‘जथाभावी उत्खननले तामाकोशी नदीलाई  नै कुरूप बनाएको छ, वर्षायाममा नदीमा बाढी आई  मजदुरहरूमा पर्न जाने असरलाई  मध्यनजर गर्दै तामाकोशी नदी लगायत सबै खोलाहरूबाट नदी र खोला जन्य वस्तुहरूको उत्खननमा रोक लगाएको घतानीको भनाइ छ।’

दोलखामा विशेष गरी तामाकोशी नदीका दुई किनार,बिगु,कालिञ्चोक,जिरी खिम्तिखोला र भीमेश्वरनगरपालिका आसपासका नदीहरूमा उत्खनन हुन्छ। यी नदीहरूमा असार १ गतेबाट भदौ मसान्तसम्म वडा कार्यालयको पहिलो निगरानी दोस्रोमा पालिका उपप्रमुख तेस्रोमा जिल्ला समन्वय समितिका प्रमुखको अनुगमन हुने गरी रोक लगायएको जिल्ला समन्वय अधिकारी रामप्रसाद पोखरेलले बताए। 

अनुगमन समितिको  आँखा छलेर रोडा ढुंगा उत्खनन  भएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

नदी किनारको उत्खननले नदीको सतह दबिएको मात्र नभई ठाउँ ठाउँमा खोलाको धार नै परिवर्तन गरिएको छ। जलपर्यटन, धार्मिक सांस्कृतिक परम्परा र जैविक विविधतालाई समेत नराम्ररी धक्का परेको छ। यती मात्रै नभई वर्षातको समयमा तामाकोशी नदीमा बाढी आउनासाथ नदी किनारामा बालुवा निकाल्ने मानिसहरूको भीड लाग्ने गर्छ। 

बाढीका कारण मजदुरहरूको ज्यान समेत जान सक्ने खतरालाई मध्यनजर गरी मजदुरहरूको जीउधनको सुरक्षाका साथै नदीजन्य वस्तुहरूको उत्खनन रोक्ने  जिल्ला समन्वय समिति दोलखाले जनाएको छ।

यदि कसैले जिल्ला समन्वय समितिको आदेश पालन नगरी तामाकोशी नदी र अन्य खोलाहरूबाट नदीजन्य वस्तुहरू निकालेको पाइएमा कडा भन्दा कडा कारबाही गरिने जिल्ला समन्वय अधिकारी रामप्रसाद पोखरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.