एनआरएनएलाई  विधानअनुसार महाधिवेशन गर्न परराष्ट्रमन्त्री साउदको आग्रह

एनआरएनएलाई  विधानअनुसार महाधिवेशन गर्न परराष्ट्रमन्त्री साउदको आग्रह
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन्। 

एनआरएनएको संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरूलाई उनले आइतबार विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन्। 

परराष्ट्र मन्त्रालयमा आइतबार संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरूलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए। 

उनले परराष्ट्र मन्त्रालय र एनआरएनए बीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा समेत जोड दिए। उनले कुनै पनि संस्थालाई नियन्त्रणमा राख्ने प्रवृत्ति र संस्थामा नियन्त्रण नहुँदा समानान्तर रुपमा गतिविधि गर्ने प्रवृत्ति दुवै घातक भएको पनि एनआरएनएका प्रतिनिधिहरूलाई स्मरण गराए। 

‘संस्थालाई पूर्णतया नियन्त्रण राखिराख्ने प्रवृत्ति या संस्थामा नियन्त्रण भएन भने म समानान्तर रूपमा जान्छु भन्ने प्रवृत्ति दुवै घातक छन्,’ परराष्ट्रमन्त्री साउदले भने, ‘त्यसको समाधान गर्ने तरिका के हो भने विधान र प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्छ।' 

साउदले दुवै पक्षलाई मिलेर आउनसमेत सुझाएका छन्। परराष्ट्रमन्त्री साउदसँगको भेटमा एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसीले दुवै पक्षबीच आइतबार मात्रै एकताका लागि सहमति भएको जानकारी गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.