महोत्तरीमा दादुरा रुवेला खोप अभियान चलाइने

महोत्तरीमा दादुरा रुवेला खोप अभियान चलाइने

ढल्केवर : महोत्तरीमा दादुरा रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ। १५ वटा पालिका रहेको महोत्तरीमा दुई चरणमा खोप अभियान चलाइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

असार ४ गतेदेखि असार ८ गतेसम्म पहिलो चरण र असार ११ गतेदेखि असार १५ गतेसम्म दोस्रो चरण गरी दुई चरणमा दादुरा रुवेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा बर्दिवास नगरपालिका, गौशाला नगरपालिका, सोनमा गाउँपालिका, औरही गाउँपालिका, भंगहा नगरपालिका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा अभियान चलाइने छ। 

यस्तै दोस्रो चरणमा लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, मनराशिसवा नगरपालिका, एकडारा गाउँपालिका, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा अभियान चलाउने कार्यक्रम रहेको प्रमुख यादवले जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.