कोसी प्रदेश : ‍आन्दोलनरत पक्ष र सरकारबीच वार्ता हुँदै

कोसी प्रदेश : ‍आन्दोलनरत पक्ष र सरकारबीच वार्ता हुँदै
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलनरत पक्ष र प्रदेश  सरकारबीच आज वार्ता हुँदैछ। प्रदेश राजधानी विराटनगरमा पहिलो पटक दुई पक्षबीच वार्ता हुन लागेको हो। 

होटल बिगमा हुने वार्ताका लागि दुवै पक्षले समिति बनाएका छन्। कोसी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने आन्दोलनरत पक्षको बटमलाइन छ। 

माओवादी  केन्द्र र जसपाले सरकार छाडेपछि  मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन्। उनले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा  वार्ता  समिति गठन गरेका हुन्।

सरकारी वार्ता  समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन्। वार्ता समिति सदस्य मन्त्री सिटौलाले पहिचान पक्षधरसँग औपचारिक  वार्ता सुरु हुन लागेको जानकारी दिए। 

सरकारले वार्ताको आह्वान गरेपछि त्यसलाई स्वीकार गर्दै आइतबार पहिचान पक्षधरले पनि वार्ता  समिति बनाएको थियो। वार्ता समितिमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू  छन्। उनीहरु विभिन्न पार्टी र जातिय संघ संस्थाका प्रतिनिधि हुन्।

प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि निरन्तर प्रदर्शन भइरहेको छ।
आन्दोलनका लागि पहिचान पक्षधरका तर्फबाट कोशी प्रदेशको पुनः नामांकन गर्न संयुक्त संघर्ष समिति गठन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.