मोर्चा कसैको विरुद्ध लक्षित छैन : उपेन्द्र यादव

मोर्चा कसैको विरुद्ध लक्षित छैन : उपेन्द्र यादव
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताएका छन्। सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रम पछि बोल्दै अध्यक्ष यादवले मोर्चा कसैको विरुद्धमा नभएको स्पष्ट पारेका हुन्।

उनले भने,'धेरै मानिसहरू मोर्चा घोषणा अघि बरबराउनु भएको थियो। नबरबराइदिनु होला । हामीले जनता र मुलुकको हितका लागि मोर्चा गठन गरेका हौं। मोर्चा कसैको विरुद्धमा लक्षित छैन।'

यादवले विगतमा जनआन्दोलन,सशस्त्र जनयुद्ध, मधेश आन्दोलनको परिणामले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन पुगेको बताए । उनले भने,‘अहिले पनि सोशित पीडित जनताले त्यो परिवर्तनलाई अनुभूति गर्न पाएको छैन । राजनीतिक प्रणाली बदलियो तर जनताको जीवनस्तर बदलिएन । मोर्चाको भूमिका भनेको प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता संघीयतालाई संस्थागत गर्ने हो ।’

गणतन्त्र धराप पार्ने प्रयासलाई असफल बनाउन पनि मोर्चा बनेको उनको दावी गरे। उनले जनसंघर्ष र संसद्को माध्यमबाट प्राप्त उपलब्धीको रक्षा गर्ने बताए । ‘देश आर्थिक रुपमा धेरै पछाडि परेको छ । आर्थिक क्रान्तिलाई अगाडि बढाउनुपर्ने देखिन्छ । आर्थिक समृद्धिको बाटोतर्फ लम्किनुपर्छ,'उनले भने।

एकथरी शक्तिहरू अहिलेको अवस्थाबाट पनि देशलाई पछि धकेल्न लागिरहेको उनको भनाइ छ। भने, राजनीतिक रुपमा धेरै कार्यहरु गर्न जरुरी छ । परिवर्तनलाई संस्थागत गर्न जरुरी छ । आज पनि मधेशी समुदाय, आदिवासी जनजाती, दलीत ,महिला, थारुलगायतका समुदायहरू उनीहरुको पहिचान भाषा, संस्कृतिको विकास, राजनीतिक, प्रशासनिक प्रक्रियामा पहुँच पुग्न सकेको छैन । नागरिकताबाट आफ्नै देशका नागरिकका सन्तान बञ्चित हुन बाध्य छन् । ’

आफ्नै देशका नागरिकलाई नागरिकता नदिने कार्य भइरहेको भन्दै आपत्ती जनाए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.