दोलखामा दुई यातायात व्यवसायी विवाद, बस र सुमो नचल्दा यात्रु मर्कामा

दोलखामा दुई यातायात व्यवसायी विवाद, बस र सुमो नचल्दा यात्रु मर्कामा
सुन्नुहोस्

दोलखा : दोलखामा दुई यातायात व्यवसायीबीच विवादका कारण बस र सुमो सञ्चालन नहुँदा यात्रु मर्कामा परेका छन्। रोल्वालिङ यातायात र पूर्व अरनिको यातायात बीचको विवादका कारण यात्रुलाई समस्या भएको हो।  

दुवै यातायातका मजदुरबीच पटक पटक झडपको अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सोमबार बैठक राखेको थियो। तर, बैठकमा सहमति नजुटेपछि भोलिसम्मका लागि स्थगित भएको निमित्त प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले बताए।

रोल्वालिङ यातायातका व्यवसायी र मजदुरहरूले चरिकोटमा पूर्व अरनिको यातायातका सवारीका साधनलाई सोमबार बिहानैबाट अवरोध गरेका थिए। 

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट अनिवार्य बस सञ्चालन गर्नुपर्ने नियम लगाएपछि रोल्वालिङले नयाँ काउन्टर खोलेको थियो। तर नयाँ बसपार्कबाट यातायात सञ्चालन नगर्ने अडान लिएको पूर्व अरनिको यातायातले रोल्वालिङ यातायातको बसमा अवरोध गरेपछि विवादले ठूलो रुप लिएको हो। 

सोही विषयलाई लिएर अरनिको यातायातका व्यवसायी र मजदुरले जडिवुटीमा रोल्वालिङका बसलाई अवरोध गरेपछि शनिबार झडप भएको थियो। झडपका क्रममा दुवै पक्षका व्यवसायी र मजदुर घाइते भएका थिए। 

अरनिकोले काठमाडौंको जडिबुटी र काभ्रेपलान्चोकको दोलालघाटमा आफ्ना सवारीका साधनलाई अवरोध गरेको भन्दै रोल्वालिङ यातायातले दोलखामा अरनिको सवारीका साधन संचालनमा अवरोध गरेको रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष मिंगुर शेर्पाले बताए। 

त्यसैगरी अरनिको यातायात प्रालीको ज्यादतिपूर्ण व्यवहारको विरूद्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरपालिका लगायत प्रहरी वृत्तहरूमा समेत जानकारी गराउँदा सम्बन्धित पक्षहरूलाई बोलाएर आवश्यक छलफल नगरेको हुँदा यस संस्थाले आफ्नो गृह जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको रोल्वालिङ यातायातले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.