धितोपत्र ब्रोकरको नयाँ लाइलेन्स प्रक्रिया खुला गर्न अर्थ समितिको निर्देशन

धितोपत्र ब्रोकरको नयाँ लाइलेन्स प्रक्रिया खुला गर्न अर्थ समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मंगलबार बिहान सिंहदरबारमा समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थमन्त्रालयमार्फत् धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो । 

यसअघि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको समितिले बोर्डसँग छलफल गरेपछि प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । समिति सभापति सन्तोष चालिसेले यस विषयमा देखिएका अस्पष्टता हटेकाले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

बैठकले धितोपत्र दलाल र व्यापारिलाई मापदण्ड पुगेको अवस्थामा मात्रै अनुमति पत्र दिनका लागि अर्थमन्त्रालयमार्फत् धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय भएको चालिसेले बताएर।

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष अध्यक्ष रमेश हमालले तोकिएको मापदण्ड र प्रक्रिया पुरा गरेकालाई अनुमति दिने जानकारी दिए । अनुमति पत्र दिने निर्णय व्यक्तिगत नभई सञ्चालक समितिको भएको भन्दै पारदर्शीतालाई ध्यानमा राखिएको उनले बताए। उनले लामो समयदेखिको सिण्डिकेट वा कोटा सिस्टमलाई अन्त्य गर्दा केहिको बिरोध र उजुरी आउनु स्वभाविक रहेको भन्दै नियत र काममा कुनै कमि कमजोरी भए सजाय भोग्न तयार रहेको उल्लेख गरे।

बैठकमा समिति सदस्यहरुले ऐन र नियममा टेकेर हुने राम्रा कामको सधै समर्थन रहने भन्दै विवादीत विषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए । बोर्डका कामकारवाहीहरु पारदर्शीताका साथ अघि बढाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए । 

धितोपपत्र बोर्डले ४३ वटा ब्रोकरलाई आशयपत्र दिएको र १८ वटालाई सञ्चालनको अनुमति पनि दिइसकेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.