कोसी प्रदेशमा बाढी र पहिरोको कहर : ९ जनाको मृत्यु,२७ बेपत्ता,१६३ परिवार विस्थापित

कोसी प्रदेशमा बाढी र पहिरोको कहर  : ९ जनाको मृत्यु,२७ बेपत्ता,१६३ परिवार विस्थापित
तस्बिर : अन्नपूर्ण

विराटनगर  : भीषण वर्षापछि आएको  बाढी र पहिरोमा परेर कोसी प्रदेशमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २७ जना अझै बेपत्ता छन् । बाढी र पहिरोमा परेर ६ जना घाइते भएका छन् । पहिरोमा फसेका १३ जनाको उद्धार गरिएको छ । 

नेपाली सेनाको टोलीले पाँचथरबाट १२ र ताप्लेजुङबाट १ जनाको उद्धार गरेको हो । उद्दार गरिएकाको व्यवस्थापनका लागि प्रहरी खटाइएको छ ।  बाढी र पहिरोमा परेर हालसम्म ताप्लेजुङ र पाँचथरमा ३/३, संखुवासभामा २ तथा भोजपुरमा १ जनाको मृत्यु भएको हो । मृतकमध्ये ७ जना पुरुष, १ महिला र १ जना बालिका रहेका छन् ।

संखुवासभाको चैनपुर नगरपालिका–१० निगुरेमा सोमबार साँझ १ जना पुरुषको शव फेला परेको थियो । सुपर हेंवा हाइड्रोपावरबाट बेपत्ता भएका पुरुषको शव भेटिएको हो । कम्मरदेखि मनिको भाग मात्रै फेला परेका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । संखुवासभामा हालसम्म २ जनाको मृत्यु भइसकेको छ । 

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–४ की ८ वर्षीया जुना साउदेन, फिदिम नगरपालिका–११ घर भइ माउण्टेन ‘बी’ हाइड्रोमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २८ वर्षीय हेमराज भनिने संजोग लिम्बू र २५ वर्षीया एलिसा माझी रहेका छन् । त्यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का ३० वर्षीय गणेश तामाङ, मुखुभन्ज्याङका ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राईको पनि मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राई र संखुवासभाको पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोश राईको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

संखुवासभामा आधा शव फेला परेका पुरुषको पहिचान खुलेको छैन।  शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । 

बाढी र पहिरोमा परेर संखुवासभामा ३, ताप्लेजुङमा २ र पाँचथरमा १ जना घाइते भएका छन् । संखुवासभामा बर्दियाका २५ वर्षीय राजेश श्रेष्ठ, ३५ वर्षीय दीपकराज थारु तथा संखुवासभाकै चैनपुर–७ का २५ वर्षीय राजेश श्रेष्ठ घाइते भएका छन् । ताप्लेजुङमा मैवाखोला गाउँपालिका–२ का ४० वर्षीय भीम तामाङ र ४५ वर्षीय राजकुमार राई तथा पाँचाथरको फालेलुङ–३ की ६७ वर्षीया रनमाया राई घाइते भएका छन् । 
बाढी र पहिरोमा परेर संखुवासभामा २१, पाँचथर र ताप्लेजुङमा ३/३ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी राखिएको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार बेपत्ताको खोजी एवं उद्दारमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालित छ । स्थानीयले पनि खोज एवं उद्धारमा सुरक्षा निकायलाई सहयोग गरिरहेका छन् । 

बाढी र पहिरोमा परेर हालसम्म १ सय ६३ परिवार विस्थापित बनेका छन् । ताप्लेजुङमा ८०, पाँचथरमा ६८ र संखुवासभामा १५ परिवार विस्थापित भएको तथ्यांक मन्त्रालयसँग छ । मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ४३ वटा घरहरु भत्किएका छन् ।

 संखुवासभामा २४, पाँचथरमा १०, ताप्लेजुङमा ६ र इलाममा ३ वटा घर भत्किएर क्षति भएको हो । बाढी एवं पहिरोका कारण विभिन्न ४ वटामा जिल्लाका १६ वटा सडक अवरुद्ध बनेका छन् । पाँचथरमा ६, ताप्लेजुङमा ४, इलाम र संखुवासभामा ३÷३ वटा सडक अवरुद्ध बनेका हुन् । 

विभिन्न जिल्लामा २३ वटा पुलमा क्षति पुगेको छ । पाँचाथरमा १५, संखुवासभामा ६ र ताप्लेजुङमा २ वटा पुल क्षतिग्रस्त बनेको मन्त्रालयको विवरणमा उल्लेख छ । त्यस्तै विभिन्न जिल्लामा रहेका १३ वटा हाइड्रोपावरमा क्षति पुगेको छ । संखुवासभामा ८, पाँचथरमा ३ र ताप्लेजुङमा २ वटा हाइड्रोमा क्षति पुगेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.