दोलखामा दुई यातायात समितिबीच सहमति जुटेसँगै यातायात सञ्चालन

दोलखामा दुई यातायात समितिबीच सहमति जुटेसँगै यातायात सञ्चालन
सुन्नुहोस्

दोलखा : दोलखामा दुई यातायात व्यवसायीबीच चार बुँदे सहमतिपछि यातायात सञ्चालनमा आएको छ। 

रोल्वालिङ यातायात र पूर्व अरनिको यातायातबीच मंगलबार जिल्ला प्रशासन कार्यालय दोलखामा सहमति भएपछि सार्वजनिक यातायात अवरोध हटेको हो।

पूर्व अरनिको यातयात प्रालि रोल्वालिङ यातयातका मजदुरहरूबीच एक आपसमा भएको झडपमा भएका घाइते जुन घटना गराएको पक्षले उपचार व्यवस्था मिलाउने, दुवै समितिबीच विगतमा भएको सहमति कार्यान्वयन गर्ने र एकले अर्को समितिको यात्रुवाहक सवारीलाई अवरोध नगर्ने सहमतिपछि दोलखामा यातायात सञ्चालनमा आएको हो।

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट अनिवार्य बस सञ्चालन गर्नुपर्ने नियम लगाएपछि रोल्वालिङले नयाँ काउन्टर खोलेको थियो। 

महानगरको नियम मान्ने र नमान्ने अडानका कारण दुई दिनदेखि एकले अर्को समितिको यातायातमा अवरोध गर्दा यातायात सञ्चालन हुन सकेको थिएन। सहमतिपछि दोलखाबाट लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.