नेपाललाई झट्का, ओपनर आसिफ आउट

नेपाललाई झट्का, ओपनर आसिफ आउट
फाइल तस्बिर।
सुन्नुहोस्

हरारे: आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह बीमा अमेरिकाविरुद्ध दुई सय आठ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर आसिफ शेख आउट भएका छन्।

कुशल भुर्तेलसँग ओपनिङमा उत्रिएका आसिफ १६ बलमा १२ रन जोडेर सौरभ नेत्राभल्करको बलमा एलबडीडब्लूको शिकार भए।

अहिले क्रिजमा कुशलसँगै भीम सार्की छन्। नेपालले ५.२ ओभरमा एक विकेट गुमाएर २५ रन जोडेको छ।

पहिलो इनिङमा सयान जहानगिरको अविजित शतकप्रेरित अमेरिकाले नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको थियो।

जिम्बाब्वेको तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्यो।

अमेरिकाका लागि सातौं नम्बरमा क्रिजमा उत्रिएका जहानगिरले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन पूरा गरे।

नेपाली बलिङसामू सघर्षरत अमेरिकाका लागि जहागिर संकटमोचक साबित भए। ओपनर सुशान्त मोदानीले ४२ बाहेक अन्य अमेरिकी ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर तीन मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। ललित राजवंशीले पनि एक अमेरिकी ब्याटरलाई पभिलियन फर्काउँदा सन्दीप लामिछानो विकेटविहीन रहे।

आइतबार देखि सुरु भएको विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो। आज दुई सय आठ रनको लक्ष्य पूरा गर्न सके नेपालले प्रतियोगितामा पहिलो जित निकाल्ने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.