विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध एक करोड ४२ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध एक करोड ४२ लाख बढीको भ्रष्टाचार मुद्दा दायर
सुन्नुहोस्

काठमाडौं : गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियरविरुद्ध मुद्दा दायर भएको छ। 

अखित्यार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो। उनीविरुद्ध एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ बिगोसमेत माग गरिएको छ। 

यादवले सार्वजनिक सेवामा प्रवेश गरेको २०४८ फागुन ९ देखि अवकास पाएको २०७९ जेठ ९ गतेसम्मको आय व्ययको विश्लेयण गर्दा एक करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ आम्दानी देखिएको आयोगले जनाएको छ। तर सोही अवधिमा यादवले तीन करोड १३ लाख ९८ हजार ५९४ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ। 

यादवले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हालः कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत/असुल उपर गरी पाउन मागदाबी लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.