मेयर भामको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

मेयर भामको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
सुन्नुहोस्

मुगु : छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो कार्यकक्षमा गे्रटर नेपालको नक्सा राखेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख भामले आफ्नो कार्यकक्षमा गे्रटर नेपालको नक्सा राखेको बताएका हुन्।

भारतले नेपालको भूमि हस्तक्षेप गरेपछि त्यसको विरोध स्वरूप भारतलाई चुनौती दिन गे्रटर नेपालको नक्सा कार्यकक्षमा राखिएको छायानाथ मेयर भामले बताए।

नेपाल देश नै नरहे हामी कहाँ रहौंला भन्दै नगरप्रमुख भामले भारतको हेपाहा प्रवृत्तिप्रति नेपालीलाई चुप लागेर नबस्न आग्रह गरेका छन्। चुप लागेर बसेमा अझै सीमा मिचिने खतरा रहेकाले यसलाई अभियानका रूपमा सबैले लिनुपर्ने उनले बताए। 

हेपाहा दृष्टिले भारतले जुन व्यवहार गर्छ त्यसको विरोधस्वरुप नेपालको भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियताको रक्षाका लागि गे्रटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेर भारतलाई मुगुबाट अस्त्र प्रहार गरेको नगर प्रमुख भामले बताए। 

देशको रक्षा, सीमारक्षाका लागि तिनैतहका सरकारले गे्रटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्नुपर्ने नगरप्रमुख भामको भनाइ छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहपछि दोस्रो मुगुको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख भामले गे्रटर नेपालको नक्सा आफनो कार्यकक्षमा राखेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.