बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, ७ जनाको मृत्यु

बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, ७ जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

ढाका : बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिण्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको उनले जानकारी दिए। 

स्थानीयवासीले दिएको जानकारीअनुसार दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूले यात्रुहरूलाई बचाउन सकेनन् । 

बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । मुख्यतया राजमार्गको खराब अवस्था, गाडीको उचित मर्मत सम्भारको अभाव, ग्यास सिलिण्डर विस्फोटसँग सम्बन्धित आगलागी, चालकहरूद्वारा ट्राफिक नियमको उल्लङ्घन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बङ्गलादेशमा हरेक बर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् । 

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वका क्रममा अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु हुनुका साथै ५६५ जना घाइते भएका छन् ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.