भारतको ओडिसामा बस दुर्घटना, ११ जनाको मृत्यु, ९ गम्भीर

भारतको ओडिसामा बस दुर्घटना,  ११ जनाको मृत्यु, ९ गम्भीर
सुन्नुहोस्

एजेन्सी : भारतको ओडिसाको गञ्जम जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। आइतबार राति ओडिसा राज्यको सडक परिवहन निगमको बस र निजी बस ठोक्किदा ११ जनाको मृत्यु भएको हो।

दुर्घटनामा  ९ जना यात्रु गम्भीर घाइते भएका छन्। मृत्य हुनेमा अधिकांश निजी बसका यात्रु रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ।

घाइतेहरूलाई ओडिसाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा उपचार भइरहेको छ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै गञ्जम जिल्ला मजिस्ट्रेट दिव्या ज्योति परिडाले घटनाको अनुसन्धान भइरहेको र घाइतेहरूलाई संभव भएसम्म सहयोगको प्रयास गरिने बताए।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले बस दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले मृतका परिवारलाई जनही ३ लाख रुपैया क्षतिपूर्ति दिने घोषणा गरेका  छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.