झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सुन्नुहोस्

घटना लगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।

झापा : झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका- २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । सोही चिया बगानमा रहेका हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको डीएसपी रिजालले बताए ।

घटना लगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.