पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित

पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित
सुन्नुहोस्

इस्लामावाद : पाकिस्तानको राष्ट्रिय सभाले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ। 

सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्‍याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मंलबार जानकारी दिएका छन्। 

सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीनपटक पाकिस्तानको प्रधानमन्त्री भएका थिए। सर्वोच्च अदालतले उनलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो।

सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए। त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेका छन्। उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए।

पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.