ट्रम्पको गोप्य दस्तावेज सार्वजनिक, अडियोमा कुनै सत्यता नभएको ट्रम्पको दाबी

ट्रम्पको गोप्य दस्तावेज सार्वजनिक, अडियोमा कुनै सत्यता नभएको ट्रम्पको दाबी
सुन्नुहोस्

वाशिङ्टन : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको अडियो सार्वजनिक भएको छ।

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको संकेत गरेको देखिन्छ।

सन् २०२१ को जुलाईमा न्यूजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले आफ्ना पूर्व चिफ अफ स्टाफ मार्क मिडोजको संस्मरणमा काम गरिरहेका व्यक्तिहरूका लागि दिएको अन्तर्वार्ताबाट यस विषयमा दुई मिनेटको रेकर्डिङ सार्वजनिक भएको हो।

विशेष वकिल ज्याक स्मिथले पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ। अडियोमा उनले कुनै कुरालाई ‘अति गोप्य’ अर्थात् ‘यो गोप्य जानकारी हो’ भनेर पनि संकेत गरेका छन्। 

अडियो प्रकरणबारे ट्रम्पले कुनै सत्यता नरहेको दाबी गरेका छन्।उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल वेबसाइट’मा अडियोलाई बनावटी ‘विक्षिप्त’ कथा भनी खण्डन गरेका छन्। अभियोजनकर्ताले न्याय विभाग र एफबीआईसँग मिलेर ‘अवैधरूपमा’ अडियो बनाइ अफवाह फैलाउन खोजेको उनको भनाइ छ। ‘वास्तवमा विपक्षीहरूले आफूमाथिका आलोचनालाई बिषयान्तर गर्न रचेको प्रपञ्चबाहेक केही होइन,' उनले भनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.