सफलता इमान्दारीताबाट मात्रै प्राप्त हुन्छ : ओली

सफलता इमान्दारीताबाट मात्रै प्राप्त हुन्छ : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिका लागि उपयोगी हुने शिक्षा अपनाउनुपर्ने बताएका छन्। बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा लागू गर्न सकिने शिक्षा आवश्यकता भएको बताएका हुन्। 

उनले भने,‘हामीले हाम्रो शिक्षा व्यक्तिका लागि, समाज र देशका लागि जीवन उपयोगी हुने दिनुपर्छ।’

उनले देशलाई शान्त, सुखी र समृद्धि कसरी बनाउन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने धारणा राखे। ओलीले नेपालमा विकासका सम्भावना भएको भन्दै ओलीले देशप्रति गर्व गर्नुपर्ने बताए। null

उनले सफलता इमान्दारीताबाट मात्रै प्राप्त हुने बताए। उनले राम्रो काम गर्छु भन्ने संकल्प गर्नुपर्ने बताए। उनले भने,‘मौरीको संगतमा हिँड्यो भने फूलबारीमा पुगिन्छ। झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिन्छ।’

ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले नभएर भास्कराचार्यले पत्ता लगाएको दाबी गरे। उनले भने,‘आर्य भट्टका शिष्य भास्कराचार्यले पृथ्वीको बेस, तौल, चन्द्रमाको दुरी ,सूर्यको दूरी पृथ्वी गोलो रहेको र यसले कसरी घुम्छ भन्ने कुरा पत्ता लगाएका थिए। पछि न्युटनले भनेका हुन्।’

ओलीले मदन भण्डारी मेमोरियल कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.