मिलेर सरकार बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

मिलेर सरकार बनाउन मुख्यमन्त्री कार्कीको आग्रह
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिलेर सरकार बनाउन सबै दललाई आग्रह गरेका छन्। 

प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै उनले सर्वदलीय सरकार गठनको आह्वान गरेका हुन्। कार्कीले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए। 

उनले सरकार परिवर्तन गर्ने खेलले प्रदेशप्रति जनतामा वितृष्णा र अविश्वास पैदा हुनेतर्फ सचेत हुनु पर्ने बताए। प्रदेशको विकासका लागि सबै एक भएर अघि बढ्नु पर्ने उनको भनाइ छ। 

कार्कीले कोसी प्रदेशमा सर्वदलीय र सरकारको विकल्प नभएको बताए। प्रदेशमा संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नरहने उनी बताउँछन्। 

प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु पर्ने अवस्था आएको हो। 

प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.