'जबज'को प्रशंसा गर्दै ओलीले सम्झिए मदन भण्डारी

'जबज'को प्रशंसा गर्दै ओलीले सम्झिए मदन भण्डारी

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)को प्रशंसा गरेका छन्। कम्युनिस्ट नेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा उनले मदन भण्डारीको पनि प्रशंसा गरे। 

मदन भण्डारीकै नेतृत्वमा जबज आएको बताउँदै उनले मदन भण्डारीलाई निडर नेताको रूपमा चित्रण गरे। 'यस्तो व्यक्ति जन्मिए जसले आन्दोलनको नेतृत्व गरे। उहाँले झन्डा फ्याँक्नुभएन। पराजित हुने डरले भाग्नुभएन। जसलाई हामी मदन भण्डारी भन्छौं। उहाँकै नेतृत्वमै जनताको बहुलीय जनवाद आयो,' उनले भने।

उनले अर्काको नक्कल गरेर जबज नआएको भन्दै नेता भण्डारीले कुनै पनि देश र समाजको परिवर्तन मौलिक पाराले हुने बताउने गरेको सम्झिए। 'कुनै पनि देश र समाजको परिवर्तन अर्काको नक्कल गरेर हुँदैन। समय परिस्थितअनुसार त्यस ठाउँको परिवर्तन मौलिक पाराले हुनुपर्छ। हाम्रो देशको अवस्था र परिस्थिति पनि बुझ्नुपर्‍यो। त्यसले मात्रै कस्तो खालको नेतृत्व आवश्यक पर्छ भन्ने हो,' उनले भने।

उनले जबज सत्यमा आधारित रहेको दाबी गरे। उनले जबज देशको परिस्थिति आधारमा निर्माण भएको बताए। जबज अन्तर्राष्ट्रिय परिस्थिति, वैज्ञानिक, मानवीय र पूर्वीय दर्शनको मान्यताअनुसार निर्माण भएको उनको भनाइ छ। 

उनले जबजमा असाधारण लड्ने क्षमता भएकैले एमाले पटक-पटक ठोक्किएर पनि आजको अवस्थामा स्थापित भएको बताए। उनले जबजकै कारण कम्युनिस्ट आन्दोलन जोगिँदै आएको बताए। 

'राजनीतिक मूलधारबाट परिवर्तन हुन्छ। त्यसबाट नेपाली समाज अगाडि बढिरहेको छ। जनताको शक्तिलाई क्रमशः पहिल्याउँदै अगाडि बढिरहेका छौं। हामीले लोकल्याणकारी राज्यको अवरधारणा र सामाजिक न्याय र समानताको पक्षपोषण गर्‍यौं। यस विचारले वास्तविक लोकतन्त्रको पक्षपोषण गर्‍यो। यसले आफ्नो गणतव्य स्पष्टरूपमा जनताको बहुदलीय जनवाद भनेर तोक्यो,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.