सिन्धुलीमा माइक्रो बस दुर्घटना, सात जना घाइते

सिन्धुलीमा माइक्रो बस दुर्घटना, सात जना घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली तर्फ गइरहेको म.प्र.०२–००१.ज.००४२ नम्बरको माइक्रो बस शुक्रबार विपी राजमार्ग अन्तगरत सुनकोसी गाउँपालिका ५ साइटार नजिकै दुर्घटना भएको हो। 

घाइते हुनेमा कमलामाई नगरपालिका १ सिन्धुलीका १८ वर्षीय शोभ घिमिरे, सोही नगरपालिका वडा नम्बर २ का १९  वर्षीया सन्ध्या घिमिरे, गोलन्जोर गाउँपालिका ४ सिन्धुलीका ६५ वर्षीय तेजबहादुर बस्याल र वडा नम्बर १ का २१ वर्षीय रामधोज पाख्रिन रहेका छन्। 

यस्तै विराटनगर नगरपालिका १२ मोरङका ३२ वर्षीय सत्यप्रकाश ठाकुर, गौशला नगरपालिका ४ महोत्तरीका ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौं महानगरपालिका ८ का ३८ वर्षीय महेश डंगोल रहेका छन्। 

घाइते मध्ये शोभा र सन्ध्या घिमिरे गम्भीर छन्। उनीहरुलाई टाउको र शरीरका भित्री भागहरुमा चोट लागेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए । 

घाइतेहरुको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीका चालक कमलामाई नगरपालिका ५ का सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको गाडी सडकको नालामा खस्दा दुर्घटना भएको हो । गाडीमा दश जना सवार थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.