किसानलाई नगदसहित सम्मान

किसानलाई नगदसहित सम्मान
सुन्नुहोस्

सिरहा : लहान नगरपालिकाले ३५ जना किसानलाई धान दिवसका अवसरमा नगदसहित सम्मान गरेको छ। 

मेयर उत्कृष्ट कृषक पुरस्कारबाट किसानहरूलाई सम्मानित गरिएको छ। कदरपत्रसहित किसानहरूलाई जनही नगद ५ हजारसहित पुरस्कृत गरिएको हो।

ड्रयागन खेती गरिरहेका सुकदेव चौधरी, आँप खेती गरिरहेका नागेश्वर महतो, तरकारी खेती गरिरहेका राजदेव र धान र उखुँ खेती गरिरहेका अरुण यादवलगायत ३५ जना सम्मानित भएका छन्। 

‘आज २० औँ धान दिवसका अवसरमा रोपाई पनि सुरु गरि किसानहरूलाई खेतीतर्फ अझै आकर्षित गर्न पुरस्कृत गरिएको छ,’मेयर महेश चौधरीले भने,‘किसानहरूकै माग अनुसार योजनाहरू कार्यान्वयन तर्फ अगाडि बढिरहेका छौ।’ आर्थिक वर्ष २०८०/०८१ मा कृषि तर्फ दुई करोड रुपैयाँ विनियोजन गरेको मेयर चौधरीले जानकारी गराए। 

कस्टम हाइरिङ्ग सेन्टर स्थापना, सिँचाइका लागि कृषि मिटरमा अनुदान, लहानको आँप ब्रान्डिङको कार्यक्रम निरन्तरता, सिँचाइका लागि ठाउँ ठाउँमा बोरिङ जडान लगायतको कार्यक्रमहरू समावेश गरिएको उनले बताए। 

मल खाद्य, बिउ बिजन र अनुदान वितरणलाई प्रभावकारी बनाउन क्यूआर कोडसहितको किसान कार्ड पनि वडा वडामा वितरण सुरु गरिएको मेयर चौधरीले सुनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.