सवारी दुर्घटनामा परी ५२ जना घाइते, एकको अवस्था गम्भीर

सवारी दुर्घटनामा परी ५२ जना घाइते, एकको अवस्था गम्भीर
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा सवारी दुर्घटनामा परी ५२ जना घाइते भएका छन्। 

पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा चितवनको नारायगढबाट जनकपुरतर्फ गइरहेको  ना ६ ख ९८०४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। 

दूर्घटनामा घाइते भएका सबैको पहिचान खुलिसकेको र उनीहरूलाई उपचारका लागि हेटौंडा र भरतपुरस्थित विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रहरीका अनुसार, घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको र उनलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपश्चात चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ।

घाइते मध्ये २१ जनाको हेटौंडास्थित चुरेहिल अस्पताल र ३० जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.