एक सय परिवारलाई खानेपानी वितरण

एक सय परिवारलाई खानेपानी वितरण
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-६ टेकानपुरका एक सय घरपरिवारमा धारा निर्माण गरी खानेपानी वितरण गरिएको छ।

बागमती प्रदेश सरकारको २५ लाख बजेटमा सो स्थानका घरपरिवारलाई खानेपानीको पहुँचमा पुर्‍याउन धारा निर्माण गरिएको हो। बाहुनगाउँ जोरपिपल खत्रीगाउँ खानेपानी योजनाअन्तर्गत एक सय घरधुरीका पाँच सय बढी वडावासीले भोग्दै आएको खानेपानीको समस्या हल भएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए।

२०७२ को भूकम्पपछि यहाँका दुई दर्जन पानीका मुहान सुकेपछि स्थानीय खानेपानी खोज्दै टाढा जान बाध्य थिए। खानेपानी प्रयोग गर्न घण्टौ समय खर्चनुपर्ने समस्या अब नरहेको भन्दै स्थानीय उत्साहित भएका छन्। 

‘बल्ल खानेपानीको समस्या गाउँबाट मेटिएको छ, यसबारे हामी वर्षौदेखि चिन्तित थियौं, यसले हामीमा खुशी थपिदिएको छ,’ स्थानीय लक्ष्मण भट्टराईले भने।

आफ्नो वडामा खानेपानीको समस्या भोगिरहेका स्थानीयलाई केही हदसम्म खानेपानीको सुविधा होस् भन्ने हेतुले लामो प्रयत्न पछि सम्पन्न गर्न सकिएको वडा अध्यक्ष रामचन्द्र बुढाथोकीले बताए। ‘स्थानीय सरकारले केही समयअघिदेखि सुरक्षित खानेपानी अभियान सुरु गरेर मुहान परीक्षण गरेका थियौं’, उनले भने, ‘त्यसअन्तर्गत विपन्न परिवारलाई फिल्टर वितरण गर्दै खानेपानी शुद्धीकरण सचेतना फैलाउने काम गरेका थियौं।’ 

त्यो अल्पकालीन उपाय भएकोले दीर्घकालीन रूपमा नै धारा निर्माण गरेर स्थानीयलाई खानेपानीको समस्या हटाउन प्रयत्न गरिएको बुढाथोकीले बताए। पानीको समस्याका कारण दैनिक उपभोग गर्ने तरकारी लगायतका उत्पादन हुन नसकिरहेको अवस्थामा अब कृषकहरूले यो समस्या झेल्न नपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.