लामो खडेरीले धान कम उत्पादन हुने
गत वर्ष कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव तीन प्रतिशतले धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।
कलैया : लामो समयदेखि वर्षा नभई खडेरी परेको हुँदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएकामा खरेडी पर्दा र समयमा धानको बीउ तयार हुन नसकेकाले हालसम्म कृषहले १० प्रतिशतमात्र रोपाइँ गर्न सकेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसादले जानकारी दिए। भदैया धानको क्षेत्रफलमा कमी भए पनि अगहनी धानको क्षेत्रफलमा भने वृद्धि हुने उनले बताए।
गत वर्ष कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव तीन प्रतिशतले धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।
कलैया उपमहानगरपालिका–१४ भैराका किसान गोपालदास बैरागी र कलैया उपमहानगरपालिका–२ का किसान प्रभु यादवका अनुसार खरेडीका कारणले अहिलेसम्म रोपाइँ हुनुपर्ने बेलामा बीउ नै रोपाइँयोग्य नभएको हुँदा आफूहरुलाई समस्या भएको बताए।