नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै प्रदर्शन
काठमाडौं : नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन्। त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाई गर्न नहुने उनीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागीहरूले पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोई, शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।