ललिता निवास भित्रका अस्थायी संरचना हटाउन काठमाडौं महानगरले दियो सात दिने अल्टिमेटम
काठमाडौं : काठमाडौं महानगरपालिकाले ललिता निवास परिसर भित्रका अस्थायी संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । महानगरले आज सूचना जारी गर्दै ललिता निवास परिसरभित्र बनेका अस्थायी संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको हो।
विवादित जग्गा निरीक्षण तथा तारबार गर्न महानगरपालिकाको टोली आज बालुवाटारस्थित ललिता निवासमा पुगेको थियो ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ । ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ सय ३६ रोपनी जग्गा अतिक्रमण भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।