सान फ्रान्सिस्कोमा रहेको भारतीय दूतावासमा खालिस्तानी समर्थकद्वारा आगजनी

सान फ्रान्सिस्कोमा रहेको भारतीय दूतावासमा खालिस्तानी समर्थकद्वारा आगजनी
फाइल तस्बिर।
सुन्नुहोस्

घटना शनिबार भएको थियो, तर अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले मंगलबार यसको बारेमा जानकारी दिए। हाल फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले उक्त मुद्दाको अनुसन्धान सुरु गरेको छ । यस घटनामा दूतावासलाई खासै क्षति पुगेको छैन ।

वासिङटन डिसी : अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको भारतीय दूतावासमा खालिस्तानी समर्थकहरुले आगजनी गर्ने प्रयास गरेका छन् । सिख फर जस्टिस (एसएफजे) का प्रमुख आतंकवादी गुरपतवन्त सिंह पन्नुले ३० जुनमा जुलाई ८ देखि भारतीय दूतावासलाई घेराबन्दी गर्ने बताएका थिए । 

घोषणाको भोलिपल्ट अर्थात जुलाइ १ गते राति नै उक्त कार्य गरेका थिए। 

घटना शनिबार भएको थियो, तर अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले मंगलबार यसको बारेमा जानकारी दिए। हाल फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले उक्त मुद्दाको अनुसन्धान सुरु गरेको छ । यस घटनामा दूतावासलाई खासै क्षति पुगेको छैन ।

पाँच महिनामा भएको यो दोस्रो घटना हो। यसअघि खलिस्तान समर्थकहरूले मार्चमा अमृतपालको रिहाइको माग गर्दै यो दूतावास घेराबन्दी गरेका थिए।


खालिस्तानी समर्थकहरुले भिडियो पनि सार्वजनिक गरेका छन्।
अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय दूतावासलाई यसमा निशाना बनाइएको थियो । तर, यसले भारतीय दूतावासलाई खासै क्षति पुर्याएको छैन । आगो केही बेरमै नियन्त्रणमा आएको थियो ।

भिडियोमा गत महिना क्यानडामा मारिएका आतंकवादी हरदीप सिंह निज्जरको हत्याको बदलाको रूपमा वर्णन गरिएको छ। भिडियोमा खालिस्तान समर्थकहरूले हिंसाले हिंसा जन्माउने बताएका छन्। आतंकवादी निज्जरलाई गत महिना क्यानडाको सरेस्थित गुरु नानक गुरुद्वारा बाहिर पार्किङ स्थलमा दुई अज्ञात बाइक सवारले गोली हानी हत्या गरेका थिए।

पन्नुले जुलाई ८ मा क्यानडा, अमेरिका, अष्ट्रेलिया, इङ्ल्यान्ड र युरोपेली देशमा रहेका भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने भन्दै भिडियो सार्वजनिक गरेका थिए ।  र्‍यालीहरूलाई ‘किल इन्डिया’ नाम दिएका छन् । जसमा २१-२१ सिखहरूको समूहले भारतीय दूतावास बाहिर विरोध प्रदर्शन गर्ने र भारतीय झन्डाको अपमान गर्ने जनाइएको छ।
 
पन्नुको धम्की र यो घटनापछि भारतीय अनुसन्धान एजेन्सीहरू अलर्ट भएका छन् । यसैबीच निज्जरको हत्यापछि पन्नु पनि भूमिगत रहेको समाचारमा जनाइएको छ। उनको लोकेशन ट्रेसिङमा अनुसन्धान एजेन्सी जुटेका छन् । दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.