किन गरियो हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध?
उनले काठमाडौंको चिनारी नै प्राचीन कालिकढी र यहाँका सम्पदा भएकाले तिनको मौलिकता जोगाउन यस्तो गरिएको बताएका हुन्।
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरिने बताएका छन् ।
उनले काठमाडौंको चिनारी नै प्राचीन कालिकढी र यहाँका सम्पदा भएकाले तिनको मौलिकता जोगाउन यस्तो गरिएको बताएका हुन्।
उनले भने, 'काठमाडौं मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् ।'
यही सम्पदा हेर्न पर्यटकहरु आउने भएकाले यिनलाई जोगाउन जरुरी भएको बताउँदै मेयर शाहले भने, 'यही हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।'