उत्तरपूर्वी कम्बोडियामा विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

उत्तरपूर्वी कम्बोडियामा विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् । विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका एक जनालाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।

नोम पेन्ह : उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । 

उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् । विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका एक जनालाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।  

प्रयोगशाला परीक्षणबाट मदिरामा उच्च मात्रामा मिथेनोल भेटिएको र उनीहरूको मृत्युको कारण भएको प्रान्तीय गभर्नरले बताएका छन् । मदिरा बिक्रेतासँग कानुन कार्यान्वयन निकायका अधिकारीले सोधपुछ गरेका छन् । 

सस्तो मूल्यका कारण घरेलु मदिराप्रति पिउनेको आकर्षण बढेको छ । गत महिना पनि उत्तरपश्चिमी पुरसट प्रान्तमा विषाक्त मदिरा सेवन गरेका एक जनाको मृत्यु भएको थियो भने अन्य २७ जना बिरामी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.