प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बोलायो संसदीय दलको बैठक

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो १: ३० बजे संसदीय दलको बैठक बोलाइएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। 

‘प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी अभिव्यक्ति दिनुभएको छ। यो सामान्य विषय होइन।’ उनले अन्नपूर्ण पोस्टसँग भने, ‘प्रधानमन्त्री प्रचण्डको भनाईप्रति हाम्रो गम्भीर आपत्ति छ । यो विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।’

बर्तौलाले यो विषयमा बेखबर भएर बस्न नसक्ने बताए। उनले भने,‘संसद्ले बनाएको प्रधानमन्त्रीले यो देशमा प्रधानमन्त्री बनाउन उहाँले दिल्लीले हाबी हुन्छ भन्ने भाष्य स्थापना गर्नुभयो, यो विषयमा हामी बेखबर भएर बस्न सक्दैनौं।’ 

सोमबार साँझ पुस्तक विमोचन समारोहमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए।

‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ।’  उनले भनेका थिए, ‘म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तर्क्रिया, सहकार्य हुने गर्‍यो। र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्‍यो।’

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.